☰ open Loading... 3 May 2024|  

दैलेखमा वर्षाले क्षती
  | ३० श्रावण २०७७, शुक्रबार ०८:०३

 

 

 

दैलेख – अविरल वर्षाका कारण दैलेखमा धनजनको क्षती भएको छ । वर्षाले नारायण नगरपालिका –२ तल्लो जाहारकोटमा गणेशप्रसाद भटराईको ६ कोठाको २ तले घर भत्किएको छ । घर भत्कदा अन्नपात, भाडावतन पुरिएको छ । मानविय र पशु चौपायामा क्षति नभएको दैलेख प्रहरीले जनाएको छ ।
नेपाली सेना र प्रहरीले उद्धारमा सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।