☰ open Loading... 5 May 2024|  

भैरवीमा जनप्रतिनिधि बिचको विवाद, अझै पारित भएन नीति कार्यक्रम तथा बजेट
  | ३० श्रावण २०७७, शुक्रबार १६:२४

दैलेख । दैलेखको भैरवी गाउँपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट साउन महिना सकिनै लाग्दा पनि कार्यपालिकाबाट पारित गर्न सकेको छैन् । वडालाई चालु आवको बजेट न्युन मात्रामा भएको भन्दै केही वडा अध्यक्षहरुले अशुन्तुष्टि जनाउँदा नीति, कार्यक्रम तथा बजेट पारित हुन नसकेको हो ।

चालु आवमा गाउँपालिकाले ४१ करोड १३ लाख ५९ हजार ९ सय ४० रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त, बजेटबाट वडातहमा करिब २५ लाखका दरले रकम बाँडिएको एक वडा अध्यक्षले बताए । जुन बजेट न्युन भएको भन्दै केही वडाअध्यक्षहरुले अशुन्तुष्टि जनाएका छन् ।

नेकपाबाट निर्वाचित वडा नं.–४ का वडाअध्यक्ष वीरेन्द्रबहादुर शाहीले भने,‘हामीले त्यो बजेटले अहिले के गर्न सक्छौँ । ‘माथि विभिन्न शिर्षकमा बजेट धेरै छ, तर, वडामा न्युन छ ।

‘पहिलो बर्ष १ करोड बाँडियो, दोस्रो बर्ष ४५ लाख सम्म बजेट थियो । तर, पनि हामीले जनताको अपेक्षाकृत काम गर्न सकेनौँ । फेरी यो बर्ष विषम परिस्थितीको अवस्थामा न्युन बजेटले के गर्न सकिएलार !’ उनले बजेट न्युन भएको तर, आफुले असहमती नै भने नजनाएको बताए ।

जनप्रतिनिधिहरु बिचको विवादले गर्दा चालु आर्थिक बर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट समेत गाउँपालिकाले समयमा ल्याउन सकेको थिएन् ।

असार १० गते भित्र नयाँ आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने नीति छ। जनप्रतिनिधिहको राजनीतिक खिचातानीले असार २६ गते नीति, कार्यक्रम तथा बजेट ल्याईएको थियो ।
यतिमात्र हैन्,‘राजनीतिक मदभेदका कारण गत चैत्र १२ गते देखि गाउँसभा समेत बस्न नसकेको एक कर्मचारीले अभियान सँग बताएका थिए।’ गाउँकार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४ जना वडाअध्यक्ष नेकपाबाट निर्वाचित छन् भने,‘काँग्रेसबाट ६ जना कार्यपालिका सदस्य र ३ जना वडाअध्यक्ष गरी नौ जना कार्यापालिका सदस्य रहेका छन् ।’

जसमा नेपाली काँग्रेसको बहुमत देखिन्छ । गाउँपालिकामा शुरु देखिनै विभिन्न विषयहरुमा विवाद हुँदै आएको स्थानीय बुद्धिजिवीको भनाई छ । जसका कारण पालिकाका हरेक गतिविधिमा बाधा भईरहेको छ ।

गाउँपालिकाका एक कर्मचारीले नाम उल्लेख नगरिदिने सन्दर्भमा भने,‘ यहाँत ११ महिना विवादै –विवादमा समय विताउने एक महिना मात्र काम हुने रहेछ । यस्तो खालको गतिविधिले पालिकाको विकास र परिर्वतनले कसरी सार्थकता पाउला ।

गाउँपालिका अध्यक्षले निर्णय हातमा लिन नसक्नु कमजोरी पन भएको स्रोतले बतायो । उहाँ (अध्यक्ष प्रेमबहादुर बुढा) सबैलाई मिलायर अघि बढ्ने कोसिस गर्नुहुन्छ । मिलाउँने प्रसायमा नै समय गइहाल्छ स्रोतले भन्यो,‘अध्यक्षले एक्सन लिनुपर्ने हो ।’ यस्तै गतिले कसरी पालिकाको विकास सम्भव हुन्छ ?

काँग्रेसबाट निर्वाचित एक कार्यपालिका सदस्य खड्के नेपालीले आफुहरुले उठाएका मागहरु कार्यपालिका प्रमुखले असहमति जनाउँदै एक्लै अगाडि बढ्न खोज्दा विवाद हुने गरेको बताए ।

गाउँपालिकाका लेखापाल गोपाल ओलीले कार्यालयले गर्नुपर्ने काम सबै फाईनल गरिसकेको, विषयगत बैठकहरु पनि सकिएको बताए । यद्यपी, कार्र्यपालिकामा के भयो, उहाँहरुको के कुरा मिलने भन्ने बारेमा हामीलाई जानकारी भएन्,उनले भने।

राजनीतिक मदभेदको कारण पालिकाको कार्यसम्पादनमा समेत समस्या भएको कर्मचारीको भनाई छ । असारको २९ गते सम्म बैठक बस्न सकेन् । विवादका कारण हरेक कामकाज गर्न असहज भए । जसका कारण विकास निर्माणका काममा समेत समस्या भएको एक कर्मचारीले बताए ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले सभाका पेस भएको तर पारित हुन बाँकी रहेकाले केही दिनमै पारित गर्ने प्रयास भएको बताए । अध्यक्ष बुढा एक दुई जना सरोकारवाला साथिहरु बाहीर रहेकाले बाँकी रहेको भन्दै पन्छिन खोजे । उनले भने, ‘भोली पर्सितिर भइहाल्छ । यद्यपी, अध्यक्ष बुढा आफै जिल्ला बाहीर रहेको बताईएको छ ।’