☰ open Loading... 3 May 2024|  

बाँके ईस्टुद्धारा पालिका समिति गठन
  | १ भाद्र २०७७, सोमबार १९:३४

 

नेपालगंज – बैजनाथ गाउँपालिकामा निजि तथा संस्थागत विद्यालयको समिति विस्तार भएको छ । जिल्लामा रहेको समिति पालिकासम्म विस्तार भएको हो । बैजनाथ गाउँपालिकामा रामलाल देवकोटाको अध्यक्षतामा ११ गाउँपालिका स्तरिय समिति गठन भएको छ ।

बाँके ईस्टुले संस्थागत विद्यालयमा भएका सवैखाले विकृती र विसगती विपक्षमा वकालत गदै आएको छ । बालविकास तहदेखी १२ कक्षासम्म कार्यरत शिक्षक, कर्मचारीहरुको पेशागत हक र अधिकारका लागि क्रियाशिल रुपमा काम गरिरहेको अवस्थामा स्थानीय तहसम्म पनि समिति गठन गरेको बाँके इस्टुका अध्यक्ष गमबहादुर डागरले बताए । समितिका राष्टिय समितिका सल्लाहकार अर्जुन पौडेल, उपाध्यक्ष उमेश सापकोटा, सदस्य बामदेव ओली, जिल्ला समन्वय समितिका अध्यक्ष गमबहादुर डाँगर र सचिव महेन्द्र शर्मा, कोहलपुर नगर संयोजक शंकर न्यौपाने सहभागी थिए ।