सुर्खेत -समाजसेवी नानु काईराला निरौलाले सुर्खेतको बीरेन्द्रनगर रहेको साँझा घर नेपाललाई खाधान्न वितरण गर्नु भएको छ।कोईरालाले लाटिकोईली स्थित साझाँ घर नेपालमा रहेका असाहय तथा अपाङंगता भएकाहरुलाइ खाद्यान्न सहयोग गर्नुभएको हो।
काठमान्डौ बासबारी निवासी कोईरलाले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नुको साटो थोरै भएपनि असाहाय र अनाथ बालबालिकालाई सहयोग गरेको बताउनुभयो।कोईरालाले यसरी सहयोग गर्न पाएकोमा खुशि व्यक्तगर्दै आगामी दिनमा पनि साझाँ घरलाई सहयोग गर्दै जाने बताउनुभएको छ।
२०७५ सालमा स्थापना भएको साझा घरमा अहिले १६ जना बालबालिका र १० जना वृद्धसहित २६ जना रहेका छन।यी मध्ये केही दुष्टिविहिन तथा अपाङगता भएका व्यक्रिहरु रहेको साँझा घर नेपालले जनाएको छ।विपन्न असाहय व्यक्तिहरु बसोबास गर्दै आएका साझाँ घरमा अहिले कर्णालीका विभिन्न जिल्लाका सडक बालबालिका देखि बृद्धसम्म रहेको साँझा घरका प्रतिनिधि तपेन्द्र विकले बताउनुभयो।
उहाँले अहिले धेरै बालबालिकाहरु रहेकाले अहिले उनिहरुको स्यारसुहारमा समस्या भएको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो।उहाँले आफुहरुले बालबालिकाको लागी थोरै आर्थिक साहयता माग्दा पनि स्थानिय र प्रदेश सरकारले कुनै व्यवस्था गर्ने बताउनुभयो। अहिले केही सहयोगी मनहरुबाट थोरैभएपनि सहयोग हुदै आएको भएपनि अझै खानेपानी, घरभाडा तिर्नसम्म आफुहरुलाई निकै अफ्ठायारो परेको बताउनुभयो।मासिक २२ हजार घर भाडा तिर्दै आएको संस्थाले रकम अभावहुदाँ १३ महिना देखी घरभाडा समेत तिर्न नसकेको उहाँको भनाई छ।
सडकमा रहेका कलिला बालबालिका देखि बृद्धबृदा समेतले एक गाँस खान र बस्न नपाएको अवस्थामा आफुहरुले उनिहरुलाई पालनपोषण गरेको उहाँको भनाई छ।त्यहाँ रहेका बालबालिकाले अहिले नजिकै रहेको लाटीकोईलीको शिव माध्यमिक विधालय र नवज्योति केन्द्रमा अध्यन समेत गर्दै आएका छन।
| १ भाद्र २०७७, सोमबार २०:०१