☰ open Loading... 17 May 2024|  

पहिरोबाट विस्थापित परिवारलाई सहयोग
  | ८ भाद्र २०७७, सोमबार ०९:३८

 

 

 

 

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाका पहिरो तथा बर्षातका कारण घर भत्केर विस्थापित घरपरिवारलाई राहत सामाग्री सहयोग गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी र नेपाली काँग्रेसका आवद्ध नेताहरुले आर्थिक तथा राहत सामाग्री सहयोग गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीले गाउँपालिका भित्रका विभिन्न ठाउँका करिब १६ ओटा विस्थापित घरपरिवारलाई आवाश्यक सामाग्री सहयोग गरेको छ ।

रेडक्रसले वडा नं.–१ को १ घरपरिवार ३ को २ घरपरिवार ६ को १ र ४ को ११ ओटा पहिरो तथा घरभत्केर विस्थापित परिवारहरुलाई आवाश्यक सामाग्री आइतबार हस्तान्तरण गरिएको रेडक्रस सोसाइटीका ठाटीकाँधका संयोजक लवबहादुर शाहीले बताए ।
उनीहरुलाई पालहरु, लत्ता कपडाहरु, भाँडाकुँडाहरु, वितरण गरिएको संयोजक शाहीले बताए । उनीहरुलाई विपदको समयमा केही सहयोग पुगोस भन्ने उद्देश्य सहित राहत वितरण गरिएको बताए ।
यस्तै नेपाली काँग्रसे काँग्रेस महाधिवेशन प्रतिनिधि दिक्पाल कुमार शाहीले रु. ५० हजार, नेपाली काँग्रेस समन्वयन विभागका केन्द्रिय सदस्य शेरबहादुर शाहीले रु. ५१ हजार र युवा नेता वासुुदेव शर्माले १० हजार आर्थिक सहयोग गरेका छन् ।
गएको साउन १, १४, र भाद्र २ गते परेको अविरल बर्षाका कारण पालिकाका विभिन्न ठाउँमा पहिरोका कारण ठुलो धनजनको क्षती भएको थियो ।
भदौं २ गतेको बर्षात सँगै ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा पहिरोले ७ घर बगायो । पहिरोमा परि दुई जना बालकले मृत्यु भएको छ भने ठुलो मात्रामा धनको समेत क्षती भएको छ ।
पहिरोले घर बगाएका पिडित परिवार आजभोली खुल्लाचौर त्रिपालमुनी बसिरहेका र कोही आफन्तको घरमा बसोबास गरिरहेका छन् ।