☰ open Loading... 17 May 2024|  

वर्षेनी रतिखोलाको पिरलो
  | ८ भाद्र २०७७, सोमबार १७:३९

यामराज बिष्ट दैलेख – दैलेखको गुरासँ गाउँपालिका अन्र्तगत माथिल्लो डुंगेश्वर जिरो प्वाइन्टबाट तल्लो डुंगेश्वर (कर्णाली राजमार्ग) जोड्ने सडकमा रहेको रतिखोलाले वर्षेनी वर्षातमा यात्रुहरुलाई दुःख दिने गरेको छ । वर्षा बढेपछि आउने बाढीले सडक नै अवरुद्ध हुने गर्दछ । जुम्ला जान होस् या सुर्खेत झन निकै छोटो मार्गका रुपमा रहेको उक्त सडक वर्षातमा खोलामा पानी बढेसंगै दुःख दिने गरेको हो ।

स्थानीय यूवाहरुले ठुला गाडी बाहेक साना मोटरसाईकल तार्ने, यात्रु तार्ने काम गरिरहेका छन् । यो सडक भएर मुख्यमन्त्रीदेखी मन्त्री, सांसद हिड्छन् तर, पुल निर्माण तिव्र गतिमा गर्नका लागि उनीहरुको मुख बन्द हुन्छ । पुल निर्माणका लागि दुई वर्षदेखी काम भएपनि पिल्लर समेत हाल्न ठेकेदारले सकेको छैन् । पुल नबन्दा वर्षातमा निकै यात्रुहरुलाई रतिखोलाले दुःख दिने गरेको यात्रुहरु कमल मुस्कुटेमगरले बताए । सरोकारवाला सवैको ध्यान गए समयमै पुल निर्माण हुने स्थानीयहरुको भनाई छ।