☰ open Loading... 17 May 2024|  

सडक नै धसिएपछि कर्णाली राजमार्ग बन्द
  | ८ भाद्र २०७७, सोमबार १७:४५

 

 

यामराज बिष्ट दैलेख -कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसंगै सडकमा पहिरो र हिलोको लेदो हुँदै मुस्किलले गाडीहरु चल्ने गर्छन् । राजमार्ग बनेयता नयाँ नयाँ ठाँउमा पहिरो र खहरे खोलाले राजमार्गमा यात्रा गर्न कठिन हुने गरेको छ । पहाडबाट आउने पानीका खहराहरुले ढुंङ्गा माटो बगाएर सडकमै थुपार्दा यातायात चल्न निकै सास्ती भईरहेको बेला अहिले दहिखोलादेखी रार्कमसम्म पहिरो र सडक नै धसिएपछि सवारी साधन आवागमन बन्द भएको छ । हप्तादिन अघि आंशिक रुपमा खुलेको सडक फेरी अवरुद्ध भएको हो । कालिकोट सदरमुकामदेखी नाग्मा खण्डमा सडकमा ठुला ठुला ढुंगा सहितको पहिलो ४ दिन सडक अवरुद्ध भएको थियो । 


कालिकोट प्रहरीले तत्काल पहिरो गए हटाउन तयारी अवस्थामा स्काईभेटर राखीएको जनाएको छ । वर्षातका कारण पहिरो र सडक नै धसिएपछि गाडी गुड्ने सडक नै नभएका कारण यातायात अवरुद्ध भएको हो । दुई दिनदेखी दहिखोला साइटमा सडक धसिएपछि बाटामै बस्नुपरेको महावै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गणेशमान सिहले पश्चिमनेपाल डटकमसंग बताए । सडकनै दवेकोले निर्माण कार्य भईरहेको कति दिन लाग्ने हो निकै टाढासम्म सडक नै नभएको सिंहले बताए । निर्माण कार्य भईरहेको दैलेख प्रहरीले जनाएको छ ।