| २१ भाद्र २०७७, आईतवार १७:३५
सुर्खेत –विरेन्द्रनगर ४ का नारायण नेपाली गाडीमा सामाग्रीहरु लोडअनलोड गर्ने काम गर्छन् । कोरोना भइरसको महामारी आउनुभन्दा पहिले उनको राम्रो आम्दानी थियो ।
कर्णालीका विभिन्न जिल्लाहरुमा गाडीमा सामाग्रीहरु सिमेन्ट, सरिया, जस्ता पाता लगायत हार्डवयरका सामाग्रीहरु लोड अनलोड गर्छन् । विगत ४ वर्षदेखी उनले यो पेशाबाटै आफ्नो परिवारलाई पालेका छन् । तर, विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उनले काम र ज्यालामा प्रभाव परेको खवर सुर्खेतबाट प्रकाशित हुने जनचासो दैनिकले छापेको छ ।