☰ open Loading... 26 April 2024|  

दिनमै १७ जनाले गर्छन् आत्महत्या
  | २६ भाद्र २०७७, शुक्रबार ०५:४२

 

 

काठमाडौं । आर्थिक वर्ष २०७६र०७६ मा ६ हजार २४१ जनाले आत्महत्या गरेका छन् । दैनिक १७ जना भन्दा बढीले आत्महत्या गरेको देखिन्छ ।अघिल्लो आर्थिक वर्षमा दैनिक १५ जना थियो । नेपाल प्रहरीको अभिलेख अनुसार आर्थिक वर्ष २०७५र०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेर ज्यान फालेका थिए ।गत साउनमा महिनामा ७०९ जनाले आत्महत्या गरेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो महिनाको आंकडाअनुसार दैनिक २२ जनाले आत्महत्या गरेका छन् ।

 

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार नेपाल विश्वमा बढी आत्महत्या गर्ने देशहरू मध्ये सातौं स्थानमा पर्छ । विगतको तुलनामा यो वर्ष बढी आत्महत्या हुनुमा नोवेल कोरोना भाइरस ९कोभिड–१९० लक्षित लकडाउन र निषेधाज्ञा प्रमुख कारण रहेको मनोचिकित्सकहरू बताउँछन् ।विश्वमा हुने आत्महत्यामध्ये ७९ प्रतिशत आत्महत्या निम्न तथा मध्यम आय भएका देशहरू गर्दछन् । लगातारको निषेधाज्ञा र लकडाउनले गर्दा निम्तिएको बेरोजगारी, आर्थिक नोक्सानी, मन नपरेको मान्छेसँग लामो समय बिताउन बाध्य हुनु, मनोरञ्जनस्थलमा जान नपाउनु, जताततै कोरोनाकै मात्रै कुरा जस्ता कारणले विगतको तुलनामा यो दर बढेको मनोचिकित्सकहरूको विश्लेषण छ ।