☰ open Loading... 3 May 2024|  

कर्णालीका थप ३० जनामा कोरोना संक्रमण
  | २६ भाद्र २०७७, शुक्रबार १८:२६

सुर्खेत, भदौ २६-कर्णाली शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका नौ, कालीकोट र सल्यानका दुई÷दुई, दैलेखका तीन, जुम्ला र बर्दियाका चार÷चार, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, काठमाडौं, ताप्लेजुङ, ललितपुर र गुल्मीका एक÷एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा शुक्रबार तीन सय ४३ जनाको कोरोना परीक्षण गरिएको थियो । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा दुई सय २४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २७, दैलेख अस्पतालमा २६ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा ६६ जनाको स्वाब परीक्षण गरिएको उनको भनाइ छ । कर्णालीमा शुक्रबार तीन सय ४३ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कर्णालीमा ६६ हजार दुई सय ५७ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्ये दुई हजार सात सय ५५ जनामा कोरोना पृष्टि भएको छ । त्यस्तै कोरोना संक्रमित भएका दुई हजार तीन सय ७९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन सय ३८ जना उपचार गराइरहेका छन् । कोरोना भाइरसका कारण हालसम्म कर्णालीमा ६ जनाको मृत्यु भएको छ।