सुर्खेत, २७ भदौं । शनिबार वीरेन्द्रनगरमा( आज)विद्युत दुई घण्टा प्रभावित हुने भएको हाे । भेरीगंगा नगरपालिकाको रामघाट सबस्टेशनबाट लेकबेशी न.पा. कल्याणसम्मको ११ केभी नयाँ फिडर निर्माण गर्नुपर्ने भएकाले शनिवार(अाज) विहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ।
नयाँ फिडरमा काम भइरहेको र ३३ केभी क्रसिङ परेकाले रामघाट–वीरेन्द्रनगर ३३ केभी सटडाउने हुने भएकाले दैलेख र सुर्खेतको लेकवेशी, वीरेन्द्रनगर र बराहतालमा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले बताए । मंगलगढी चोकदेखि लाटीकोईलीसम्मको सडक निर्माण भइरहेकाले नयाँ लाईन विस्तारका क्रममा वीरेन्द्रनगर उपत्यका ६ घण्टा विद्युत सेवा बन्द हुनेछ ।
विद्युतका नयाँ संरचना स्थान्तरण तथा ११ केभीको नयाँ लाईन बनाउनु पर्ने भएको विहान ९ बजेबाट साँझ ५ बजेसम्म बुलबुले फिडर सटडाउन गरिने प्रमुख गिरीको भनाई छ ।