☰ open Loading... 3 May 2024|  

काठमाडौंमा कुलमानको समर्थनमा भएको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा
  | १ आश्विन २०७७, बिहीबार १८:१९

 

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ ।



आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उहाका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।



जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।