☰ open Loading... 13 September 2025|  

कांग्रेस नेता पछाईले गरे बिद्यालयमा मास्क वितरण
  | २२ आश्विन २०७७, बिहीबार १२:०६

 

दाङ,- लमही नगरपालिका– ९ अमिलियामा रहेको माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

लमही नगरपालिका–९ देउखुरी निवासी नेपाली कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि एव क्षेत्रीय सदस्य केशरवहादुर पछाई (शेखर) ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि दुई सय थान मास्क र सेनिटाईजर वितरण गरेका हुन् ।पछाईँले सहयोग गरेको सामाग्री उनका छोरा सन्तोष पछाईले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।



कोरोनाको संक्रमण उच्च रहेका बेला अध्ययनका लागि बिद्यालयमा आउने साना बालबालीकाहरुलाई संक्रमणको उच्च जोखिम रहन्छ,’ केशरले भने ‘कोरोना संक्रमणको जोखिम टार्नका लागि विद्यालयमा अध्ययनरत वालवालीकाहरुलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको हुँ ।’