☰ open Loading... 27 April 2024|  

गणेशकाे ‘जान्छु पियारी “बजारमा (भिडियो सहित )
  | १ कार्तिक २०७७, शनिबार ०६:३७

 

दैलेख -पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोकगित संगित चर्चा परिचर्चामा रहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।यस्तै नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच सर्जक गायक गणेश अधिकारीको आवाजमा ‘जान्छु पियारी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारी र लोकप्रिय गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा रहेको गितमा नविन विश्वकर्मा र रिजन वश्यालको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक गणेश अधिकारीको लय सिर्जना रहेको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा सारिका केसी र रिजन वश्यालको अभिनय देख्न सकिन्छ ।
उक्त गितको म्युजिक भिडियो योग्सना डिजिटल को अफिसियल युटुव च्यानलबाट सार्बजनिक भएको हाे।

 

भिडियो सहित