☰ open Loading... 27 April 2024|  

विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  | १ कार्तिक २०७७, शनिबार ०६:३६

जनकबहादुर शाही

हुम्ला  – चीनसंग सिमा जोडिएको हुम्लाको लिमीको ललोङजोङ्ग र हिल्सामा नेपाली भूमि मिचिएकोमा सरकारले विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग गर्दै कणर्ाली प्रदेशसभाका संसदीय दलको नेता जीवन बहादुर शाहीेले हुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी चिरन्जिबी गिरीलाई उक्त ज्ञापन पत्र बुझाएका हुन ।

करिव डेढ महिना अघि हुम्लाको लिमि क्षेत्रमा पर्ने नेपाली भूमि मिचेर चिनिया पक्षले नौ वटा भवन बनाएको विषय बाहिर आयो । सीमा मिचिएको विषयमा गम्भीर नबनेको भन्दै चर्को आलोचना भएपछि सरकारले चीनले आफ्नै भूमिमा भौतिक संरचना बनाएको प्रतिक्रिया दियो । यो विवाद अहिले पनि टुंगिएको छैन । यही बीच स्थलगत अनुगमनमा पुगेर फर्किएको कांग्रेस जनप्रतिनिधिको टोलीले ललोङजोङ मात्र होईन हिल्साामा पनि भूमि मिचिएको ठहर गरेको छ ।

चिनिया“ पक्षले करिव डेढ किलोमिटर नेपालको भूमि ललोङजोङमा नौ वटा भवन बनाएको र हिल्सामा नेपाली भूमीमा रहेका सिमा स्तम्भलाई आफुतिर पारि नेपाली भुमीतिर तारबार गरेर नेपाली भूमी अतिक्रमण गरेको भन्दै छिटो भन्दा छिटो कांग्रेसले अध्ययन तथा अनुसन्धान गरेर कुटनीति पहल चाल्न सरकारसंग माग गर्दै आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाईएको हो ।

पुर्ब मन्त्रि समेत रहेका कांग्रेस केन्द्रिय सदस्य शाहीले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ हुम्ला जिल्ला नाम्खा गाँउपालिका वडा नं ६ लिमीको लाप्चा क्षेत्र वरिपरि रहेको लोलुङजोङ्ग भन्ने स्थानमा चीनले नेपाली भूगोललाइ अतिक्रमण गरी नौ वटा नयाँ भौतिक संरचनाहरू निर्माण गरेको भन्ने त्यहाँका स्थानीय जनप्रतिनिधी र बासिन्दाहरूवाट केही महिना पहिले स्थानीय प्रशासन र राजनितिक दल समक्ष सुचनाहरू प्राप्त भएको थियो ।

स्थानीय बासिन्दाहरूको सुचनाका आधारमा चीनिया टोली संग बार्ता गर्न र त्यहाँको वास्तविकता बुझ्न हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीको टोली सिमा स्थलको स्थलगत निरिक्षण गर्न गएको थियो ।

तर, उक्त टोलीले स्थलगत अध्ययन प्रतिवेदन तयार गरी सरकारलाइ नवुझाउदै नेपाल सरकार परराष्ट्र मन्त्रालयवाट हचुवा भरमा चीनले एक इन्च पनि नेपाली भूभि अतिक्रमण नगरेको र लोलुङजोङ्गमा निर्माण भएका नया भौतिक संरचना चीनिया भूमि भित्र पर्ने विज्ञप्ति जारी भयो र प्रमुख जिल्ला अधिकारीवाट समेत चीनिया अतिक्रमण वारे वास्तविकता प्रतिवेदन पेश हुन नसकी सिमाका बिषयमा सत्य तथ्य वोल्न समेत आलटाल गरियो ।

हुम्ला जिल्लावाट गएको सरकारी अधिकारीवाट सबै स्थानरूको स्थलगत निरिक्षण नभइ परराष्ट्र मन्त्रालय र चीनियाँ राजदुतावासको धारणालाइ पुष्टि गर्ने गरी पेश भएको छलकपटपुणर् प्रतिवेदन तथा बोल्न समेत आलटाल गरिएको व्यवहारले नेपालि भूमि भित्र निर्माण भएका चीनिया संरचनाहरूवारे थप रहस्य उत्पन्न भए पछि सम्वन्धित निर्वाचन क्षेत्रको जनप्रतिनिधी तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र एक जिम्मेवार नागरिकको हैसियतमा असोज १४ गते देखि ११ दिन सम्म नेपाल र चीन विचका सिमा स्थल रहेको हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा स्थलगत अध्ययन कार्य सम्पन्न भएकाले हुम्ला जिल्लाको नाम्खा गाँउपालिका लिमी र हिल्सा क्षेत्रमा रहेका नेपाल र चीन विचका ५ (१) ५(२), ६(१), ७(१) ८(१) ९(१) र ९(२), १०, ११ र १२ नं सिमा स्तम्भहरूको स्थलगगत निरिक्षण गरे पश्चात चीनले नेपाली भूमि लोलुङजोङ्गमा भौतिक संरचनाहरू निर्माण गरेको, नेपालले गप्पुदोचा देखि निर्माण गरेको झण्डै २ कि.मि. सडक क्षेत्र अतिक्रमण गरेको, हिल्सा स्थित ९(२) सिमा स्तम्भ रहेको दशगजा क्षेत्र, किटमा रहेका ५(१),५(२) र ६(१) सिमा स्तम्भहरूलाइ तारबार गरी चीनिया भुगोलमा पारी नेपाली भूभागलाइ अतिक्रमण गरि तारबार गरेको देखिएकाले “सिमा विज्ञ सहित परराष्ट्रविद,सुरक्षाकर्मिको टोलीलाइ नेपाल र चीन विचको सिमा स्थल रहेको हुम्ला जिल्लाको हिल्सा र लिमीमा याथासिघ्र पठाइ स्थानीय वासिन्दा र जनप्रतिनिधिहरूको उपस्थितिमा नक्शा भिडाएर वास्तविकता वाहिर ल्याउन र सिमा स्थलहरूको पुन सिमाङ्कन तथा नेपाल र चीन विच देखिएको सिमा विवादलाइ कुटनितिक माध्यमवाट स्थायी समधान गर्ने ” बिषय बस्तु सहितका २ बुदे माग सहित सम्माननीय प्रधानमन्त्री समक्ष उच्च प्राथामिकता दिएर सिमा सम्वन्धी विवाद समधानका लागि स्थलगत अध्ययनवाट प्राप्त प्रमाणहरूको संगालो यसै साथ संल्गन गरी ज्ञापन पत्र पेश गरेको बताईएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य एबं कणर्ाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेताले जिल्ला प्रशासन कार्यालय मार्फत बुझाएको दस्ताबेज जस्ताको तेस्ते प्रधानमन्त्रि कार्यलयमा पठाउने प्रमुख जिल्ला अधिकारी चिरन्जिबी गिरिले बताएका छन ।

प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेस सभापती जयपती रोकाया, नेपाली कांग्रेस माहासमिती सदस्य एबं सिमकोट गाउपालिकाका अध्यक्ष पदमबहादुर लामा, नेपाली कांग्रेस माहासमिती सदस्य एबं खार्पुनाथ गाउपालिकाका अध्यक्ष कणर्बहादुर रावल, महिला संघका जिल्ला अध्यक्ष बिजया बुढा, कांग्रेस नेता मंगल शाही सहित कांग्रेस कार्यकर्ताको उपस्थिती रहेको थियो ।

१२ नम्बर सीमा स्तम्भ रहेको लाप्चा नजिकै लोलुङजोङमा चीन सरकारले नेपाली भूमि अतिक्रमण गरी आफ्ना भौतिक संरचना निर्माण गर्नुका साथै उक्त स्थान भन्दा झण्डै २ किलोमिटर टाढा मानसरोवर कैलाश दर्शन गर्ने स्थानलाई समेत आफ्नो भूभाग दाबी गरेको र हिल्सा स्थित ९(२) सिमा स्तम्भ रहेको दशगजा क्षेत्र, किटमा रहेका ५(१),५(२) र ६(१) सिमा स्तम्भहरूलाइ चीनिया भुगोलमा पारी नेपाली भूभागमा तारबार गरी अतिक्रमण गरेको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।

सीमा क्षेत्रका नेपालीलाई पिलरका बारेमा नबोल्न समेत चीनले धम्की दिने गरेकाले नेपाली पक्षको अनुपस्थितीमा त्यसलाई आफूखुसी सार्ने रणनीतिमा चिनिया“ पक्ष रहेको कांग्रेसको आशंका छ ।

यो द्विविधा र आंशका अन्त्य गर्नका लागि सरकारले सतही प्रतिक्रिया दिनुको सट्टा विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद जस्तो गम्भीर विषयलाई कुटनीतिक तवरले हल गर्न आवश्यक छ ।