☰ open Loading... 24 February 2025|  

१६बर्षेे किशाेर बेपत्ता
  | १५ कार्तिक २०७७, शनिबार १२:१५

 

दैलेख – नारायण नगरपालिका ८ किमुगाउँमा बसाेबास गर्दै आएका १६ वर्षे गाेविन्द विक जुवामा३हजार हारेपछि आमालाई चिठ्ठी लेखेर बेपत्ता छन् ।वसन्त मावि कक्षा नाै मा अध्यन गर्दै आएका गाेविन्द कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरु संगै काम गर्थे ।गोविन्दका दाजु बखतले रकम मासुको पैसा तिर्न भनि गोविन्दलाई दिएकाे तीन हजार रुपैयाँ सबै पैसा साँझ साथीहरू संग तासको ‘काट’ भन्ने खेल खेल्दा हारेपछि उनी बेपत्ता भएका हुन ।


१० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार चार दिनसम्म पनि खोजी गर्दा कतै पत्ता नलागेकाे गोविन्दका दाई बखतबहादुर विकले बताए ।
दौतरीको लहलहैमा लागेर जुवा (तास) मा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला भनेर चिठ्ठी लेखेका थिए। ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा बालकको हुलियासहित खोजी सहयोगका लागि निवेदन दिए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

गाेेेेेविन्दले लेखेेेेकाे  पत्र