☰ open Loading... 24 February 2025|  

पत्रकार प्याकुरेललाई कोरोना संक्रमण
  | १५ कार्तिक २०७७, शनिबार १९:५८

यामराज बिष्ट दैलेख,सागरमाथा टेलिभिजनका जिल्ला प्रतिनिधि कुमार प्याकुरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय, पीसीआर प्रयोगशालामा भएको परीक्षणमा बिहीबार पत्रकार प्याकुरेललाई काेराेना संक्रमण पुष्टि भएको हो।  
सामान्य रूघाखाेकि देखिएका उनलाई कुनै लक्षणहरू नदेखिए पनि आफ्नाे परिवार समाजलाई सूरक्षित रहन गरिएकाे स्वच्छिक परिक्षणमा उनले जाँच गर्ने क्रममा काेराेना सक्रमण देखिएकाे हाे।

दैलेखमा दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढ्दै जॉदा पछिल्लो समयमा जिल्लामाअन्य ५जना पत्रकारलाई कोरोना देखिसकेकाे छ ।काेराेना देखिएका ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसन अस्पतालमा उपचार भईरहेकाे छ।

पत्रकार प्याकुरेल दैलेखबाट प्रकाशित हुने दैनिक पत्रिका पञ्चकाेशि खबर दैनिक र पञ्चकाेशि खबर अनलाईनका सन्चालक एवम प्रबन्ध निर्देशक,रफत सन्चार क्लव दैलेख शाखाकाे अध्यक्ष एवम,सगरमाथा टेलिभिजन दैलेखकाे जिल्ला प्रतिनिधि हुन् ।