☰ open Loading... 17 May 2024|  

तरुण दलले गर्‍यो खाद्यान्न सहयोग
  | १६ कार्तिक २०७७, आईतवार ०६:३६

 

सुर्खेत-नेपाल तरूण दल सुर्खेतले स्थापना दिवसकाे अवसर पारेर वीरेन्द्रनगरकाे नवजीवन बाल संरक्षण केन्द्रलाई खाद्यान्न सहयाेग गरेकाे छ । वीरेन्द्रनगर-१० स्थित केन्द्रलाई तरूण दल सुर्खेतले १० बाेरा चामल, १०-१० प्याकेट नुन र तेल सहयाेग गरेकाे हाे ।
तरूण दल सुर्खेतका अध्यक्ष हरि विष्टले शनिबार बाल संरक्षण केन्द्रमै पुगेर खाद्यान्न सहयाेग गरिएकाे बताए ।सहाराबिहिन बालबालिकाहरूका लागि तरूण दलका तर्फबाट ६८ अाै स्थापना दिवसकाे अवसर पारेर खाद्यान्न सहयोग गरिएको अध्यक्ष विष्टले बताए ।

केन्द्रका उपाध्यक्ष पुर्णबहादुर भण्डारीले तीन जना बालबालिका राखेर सुरू गरिएकाे केन्द्रमा अहिले कर्णालीका १० जिल्लाका साथै रामेछापका दुई बालबालिका गरेर २५ बालबालिका अाश्रित रहेकाे बताए ।
केन्द्रले बालबालिकाहरूले निजी र सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गराउने गरेकाे छ। कर्णालीका १० वटै जिल्लाका साथै रामेछापका दुई बालबालिका पनि केन्द्रमा छन् ।