☰ open Loading... 17 May 2024|  

अटो रिक्सा दुर्घटना हुँदा तीनजना घाइते
  | २६ कार्तिक २०७७, बुधबार २०:१२

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर-१०, कुन्टीस्थित भित्री सडकखण्डमा एकआपसमा अटो रिक्सा ठोकिँदा तीनजना घाइते भएका छन् । बुधबार दिउँसो एयरपार्टबाट नयाँगाउँतर्फ जाँदै गरेको भे१ह १६१० नम्बरको अटो विपरीत दिशाबाट आइरहेको भे१ह २५८४ नम्बरको अटो एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

बाँके कोहलपुर नगरपालिका-८, गोल्खाका २६ वर्षीया चन्द्रा विसी, सुर्खेत वीरेन्द्रनगर-१२, पदमपुरका ३३ वर्षीय वीरबहादुर बोहोरा र सोही नगरपालिका ९ का ६० वर्षीया जयसरा भण्डारी घाइते भएका छन् । उनीहरुको हात, घुडा र कोखमा चोट लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।