☰ open Loading... 3 May 2024|  

वीरेन्द्रनगरमा कोरोनाले लियो एक जनाको ज्यान
  | २९ कार्तिक २०७७, शनिबार १०:२३

कोरोना भाइरस संक्रमणका कारण सुर्खेतका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-८, का ८० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

उनको २३ गते कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि २४ गते प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको थियो । मृतक पुरुषको अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । आकस्मिक तथा अन्य आवश्यक उपचार साथै अक्सिजन दिँदा पनि बचाउन नसकिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनीसँगै कणर्ामा कोरोना संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छन् ।