☰ open Loading... 2 May 2024|  

युवा मृत फेला
  | २९ कार्तिक २०७७, शनिबार १३:२८

दैलेख । दैलेखमा एकजना युवक शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् । नारायण नगरपालिका-२ कुसाडाका ३४ वर्षीय राजकुमार राना मृत अवस्थामा भेटिएका हुन् ।

घरदेखि २२ गतेदेखि सम्पर्कविहीन भएका उनको शव सोही वडाको त्याजे खोलाको पानीमा डुबेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता इन्द्रजित सुनारले जानकारी दिए ।

मृतक राजकुमारको मानसिक अवस्थासमेत सन्तुलन ठीक नभएको उनको भनाइ छ । मानसिक अवस्था ठीक नभए पनि घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।