| ३० कार्तिक २०७७, आईतवार १९:४१
कर्णालीमा पछिल्लो २४ घण्टाभित्र १२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सल्यानका आठ र दैलेखका चारजनामा कोरोना भाइरस पुष्टि भएको हो ।
अइतबार प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा सल्यानका आठ र दैलेख अस्पतालमा गरिएको स्वाब परीक्षणमा चारजनामा कोरोना भाइरस देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
योसँगै कर्णाली पाँच हजार सात ६० जनामा कोरोना भाइरस देखिएको छ ।