☰ open Loading... 17 May 2024|  

नेपाल टेलिकम दैलेखले फाइबर सेवा दिँदै
  | १६ मंसिर २०७७, मंगलवार ०७:०३

दैलेख । नेपाल टेलिकम दैलेखले सदरमुकाममा ‘फोर–जी’ सुरु गरेसँगै फाइबरबाट सेवा गरेको छ । टेलिकमले बजार भित्र रहेका अव्यवस्थित रूपमा तामाको तारबाट सञ्चालनमा रहेका टेलिफोन तथा इन्टरनेटका तारहरू हटाउन थालेको हो । नेपाल टेलिकमले अाफ्नाे कार्यालयदेखि सदरमुकाम भित्रका तारहरू हटाएको छ ।

नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेकोे टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल साेमबार देखि बजार भित्रका तारहरु फाइबर विस्थापित गरेको हाे।

नेपाल टेलिकम दैलेखकाले १५ कात्तिकमै यो स्थानमा फाइबर टु द होम (एफटिटिएच) विस्तारको कार्य सम्पन्न भएको थियो उक्त स्थानमा यसअघि प्रयोगमा रहेका पुरानो नेटवर्कलाई सम्पूर्ण रूपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको छ । पूर्णरूपमा फाइबर नेटवर्क विस्तार हुने नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको टेलिकम दैलेखले जनाएको छ । नारायण नगरपालिकामा टेलिकमले १ हजार २४ लाइन क्षमताको एफटिटिएच नेटवर्क विस्तार गरिएको छ ।

पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४ सय १७ लाइन एफटिटिएचमा रूपान्तरण गरिएका छन् भने नयाँ १ सय २० लाइनसमेत वितरण गरिएको छ । योसँगै उक्त नगरपालिकामा एफटिटिएच लाइन प्रयोगकर्ताको संख्या ५ सय ३७ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ ।

नेपाल टेलिकम दैलेखको तर्ताङदेखि सदरमुकाम दैलेख बजारहुँदै खुर्सानीबारीसम्मको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएसँगै पुरानो तारहरू हटाउन लागेको नेपाल टेलिकम दैलेखका निमित्त कार्यालय प्रमुख हरि खनालले जानकारी दिए ।
नारायण नगरपालिकामा तार विस्थापितको काम सुरु भएको र यो काम सकिए लगत्तै दुल्लु नगरपालिकामा फाइबरको काम सुरु गरिनेे भएको छ।