☰ open Loading... 5 May 2024|  

मालपोत कार्यालय सुर्खेत विरुद्ध उच्च अदालतमा रिट
  | २१ मंसिर २०७७, आईतवार ०७:०१

सुर्खेत – मालपोत कार्यालय सुर्खेत विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।सेवाग्राहीले सास्ती भोग्नुपरेको पिडा,कार्यालयको सेवा प्रवहाका विषयलाई लिएर अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् ।



अधिवक्ता खत्रीले मालपोतले सहजरूपमा सेवा नदिई सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गरेको, मालपोतको सेवा सुधार गर्न सरोकारवाला निकायले बेवास्ता गरेको र कर्मचारीले बिचौलिया मार्फत सेवा प्रवाह गर्ने गरेकाले अदालतमा रिट दायर गर्नुपरेको बताए ।