☰ open Loading... 21 May 2024|  

महिलाले पाएनन् सुत्केरीले भत्ता
  | ११ पुष २०७७, शनिबार १८:५३

हुम्ला,।हुम्लाका सुत्केरी महिलाहरुले आफूहरुले पाउनु पर्ने भत्ता नपाएको गुनासो गरेका छन् । प्रसुति गृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था छ । तर गाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको हुम्लाको दक्षिणी क्षेत्रका महिलाहरुले बताएका छन्।

गएको कात्तिक महिनामा सुत्केरी भएकी ताँजाकोट गाउँपालिका वडा नम्बर २ मैला गाउँकी राजपुरा सुनारले हालसम्म सुत्केरी र गर्भवती जाँच गरे बापत पाउने भत्ता पाएकी छैनन् । भत्ताकै लागि तीन पटक स्वास्थ्य चौकीमा पुग्दा गाउँपालिकाबाट भत्ता नआएकोले दिन नसकिएको जवाफ पाएको उनले बताईन् ।