☰ open Loading... 3 May 2024|  

पछिल्लो२४ घण्टा यता थप ५०० जनामा कोरोना संक्रमण
  | ११ पुष २०७७, शनिबार १८:२५

 

पछिल्लो २४ घण्टा यता थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन् ।त्यसैगरी २४ घण्टामा ८४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ ।।