☰ open Loading... 24 November 2024|  

शिक्षक नियुक्तिमा घुस लिएको आरोप लागेका वडाअध्यक्ष र प्रधानाध्यापकलाई छाेडियाे
  | १९ पुष २०७७, आईतवार ०८:४७

दैलेख -शिक्षक नियुक्तिमा घुस लिएको आरोप लागेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका दैलेखका एक वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडिएको छ। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक नियुक्तिमा उनीहरूको संलग्नता नदेखिएपछि बोलाएको बेला सम्पर्कमा आउनेगरी छाडिएको  बतााए । 

आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगर र पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापतीलाई सामान्य सोधपुछपछि शनिबार साँझ साढे ६ बजे छाडिएको हाे।