| २० पुष २०७७, सोमबार १९:०४
यो हिउँदको पहिलो हिमपात भएको छ । पुस अन्तिम हुन् लाग्दा हिमाली जिल्लामा हिमपात भएको हो ।
जनजीवन हिउँले अस्तव्यस्त भएको छ । हुम्लामा एकमात्र जिल्ला आउनेजाने हवाई सेवा समेत रोकिएको छ । हिउँले विमानस्थल पुरिएको छ । हुम्लाको सदरमुकाम सिमिकोट लगायत अन्य ठाउँमा स्थानियहरु घरभित्रै बसेका छन् । बाक्लो हिउँ परेको स्थानीयले बताए । किसानहरू हिमपात र वर्षाले हर्षित भएका छन् । अब बालीनाली राम्रो हुने भन्दै किसान हर्षित भएका हुन् । अझ दुई दिन मौसम खराब हुने अनुमान गरिएको छ ।
पत्रकार छपाल लामाले आफ्नो फेसबुक पेजमा कैद गरेको हुम्ला सदरमुकाम आसपास को फोटो फिचर ।