| ७ माघ २०७७, बुधबार ११:५३
डोल्पा – डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन स्थानीय ३ जना डाक्टरहरूले ग्यास हिटर किनिदिएका छन्। जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउन आएका र आउने आमाबच्चा तथा बिरामीहरूलाई चिसोबाट जोगाउन स्थानीय डाक्टरहरूले ग्यास हिटर जोहो गरिदिएका हुन्।
हिउँदको अत्याधिक चिसोका कारण सुत्केरी आमा बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको भन्दै ललितपुरस्थित पाटन अस्पतालमा कार्यरत डाक्टर अखण्ड उपाध्याय, जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर मेलिना हमाल र डाक्टर मछिन्द्र बडुवालले ५ वटा ग्यास हिटर र १० वटा सिलिन्डर सहयोग गरेका हुन्।