☰ open Loading... 19 May 2024|  

२४ घण्टा यता ३१८ जनामा कोरोना संक्रमण
  | ७ माघ २०७७, बुधबार १८:३९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०१२ जनाको परीक्षणमा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यीमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने ३ हजार ६९३ जना आइसोलसनमा छन् ।