☰ open Loading... 1 May 2024|  

तीन महिनादेखि स्वास्थ्यचौकी बन्द
  | ८ फाल्गुन २०७७, शनिबार १९:२५

 

हुम्ला -हुम्लाको चंखेलि गाउँपालिका वडा नम्वर ४ को तल्लो पाली स्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । पाली स्वास्थ्यचौकीमा गत मङसिर महिनादेखि एक जना स्वाथ्यकर्मी समेत नभएपछि सोही ठाउँका स्थानीयहरु उपचारबाट बंन्चित भएका छन् । सडक सञ्जालसंग नजोडिएको हुम्लामा स्वाथ्य संस्था बन्द भएपछि गाउँका हजारौँ स्थानीयहरु उपचार गर्न र औषधि पाउँनबाट प्रभावित भएका हुन् ।

उक्त स्वास्थ्य संस्थालाई मङसिरको पहिलो हप्ताबाट छोडेर गएका स्वाथ्यकर्मीहरु हालसम्म नफर्किएपछि सोही ठाउँका सेग्राही पत्यक्ष रुपमा सेवा लिनबाट प्रभावित भएको चंखेलि गाउँपालिका वडा नम्वर ४ का स्थानीय विष्णु भक्त जैसिले बताए । उक्त स्वास्थ्य संस्थामा सिटामोल समेत दिने कर्मचारी नभएपछि तल्लो पाली र माथिल्लो पाली गाउँका ९५ घरदुरी १ घण्टाको टाढाको दुरीमा रहेको चंखेली गाउँपालिका कार्यालयमा रहेको स्वास्थ्य संस्थामा गएर सेवा लिन बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।