☰ open Loading... 3 May 2024|  

सुर्खेतमा पनि देखियो बर्डफ्लु
  | ९ फाल्गुन २०७७, आईतवार १९:५८

 

सुर्खेत- पहिलोपटक वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नौलोटोलका दुई जना कृषकले पालेका विभिन्न जातका कुखुरा र परेवामा बर्डफ्लु पुष्टि भएपछि २ सय ७९ कुखुरा, १ सय २ परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको हो ।पशुसेवा विभागको केन्द्रीय प्रयोगशालामा पीसीआर परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि भएको निर्देशनालयका निर्देशक मोहन गिरीले जानकारी दिए । बर्डफ्लु पुष्टि भएसँगै रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको छ ।