☰ open Loading... 14 November 2025|  

१० वर्षसम्मअलपत्र परेको कालिकोटको खुलालु पुल निर्माण अघि बढाइयो
  | १० फाल्गुन २०७७, सोमबार १०:३८

कालिकोट – निर्माण शुरू गरेको १० वर्षसम्म अलपत्र परेको कालिकोट-खुलालु सडकखण्डमा पक्की पुल निर्माणले गति लिएको छ। कर्णालीकै गौरवको आयोजना भनिएको यो पुल निर्माण जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालि र सडक डिभिजन कार्यालय जुम्लाको चरम लापरबाहीले अलपत्र पारेका थिए।

०६७ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र ०७१ सालमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधि पुलको शिलान्यास गरेका थिए। दुई पटक शिलान्यास भएको पुल निर्माणको काम एक दशकसम्म पनि सकिएको छैन।शिलान्यास भएको एक दशकपछि अलपत्र पुल निर्माण थालिएको हो। निर्माण कम्पनीले आउने असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता गरेको छ। अब छिट्टै पुल निर्माण हुने भन्दै स्थानीयहरू खुशी भएका छन्‌। पुलको निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ।