☰ open Loading... 17 May 2024|  

पछिल्लो२४घण्टा यता थप ११२ जनामा कोरोना संक्रमण
  | १४ फाल्गुन २०७७, शुक्रबार १९:१२

काठमाडौं । पछिल्लो २४ घण्टा यता देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ६८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । तीमध्ये थप ४ जना सहित २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।यस्तै पछिल्लो २४ घण्टा यता थप ५४ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।