☰ open Loading... 9 October 2024|  

भु–उपयोग योजना सम्वन्धी छलफल
  | ३ चैत्र २०७७, मंगलवार १९:२०

निरक शाही दैलेख -दुल्लू नगरपालिकामा जोखिम संवेदनशील भु–उपयोग योजना तयारी सम्वन्धी सरोकारवालासंग सोमवार एक कार्यक्रमका विच छलफल तथा अभिमुखीकरण भएको छ । दुल्लू नगरपालिकासंग दुल्लू नगरपालिकाको आयोजना र युएसएआइडी तयार नेपालको –विपद जोखिम ब्यवस्थापन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जोखिम संवेदनशील भु–उपयोग योजना सम्वन्धी सरोकारवाला विच छलफल भएको हो । दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा कार्यक्रम संचालन भएको हो ।
युएसएआइडी तयार नेपालका गतिविधी, भु–उपयोग योजना तयार गर्नका लागि युएसएआइडी तयार नेपालले गरेको प्रयास र कार्यक्रमको वारे तयार नेपालका विपद जोखिम न्युनीकरण ब्यवस्थापन विज्ञ चन्दा्र हाडाले प्रकास पार्नु भएको थियो । कार्यक्रमा बहु प्रकोप जोखिम आँकलन तथा मुल्याङ्कन गरी तेसको नतजाको आधारमा हाल विद्ययमान शहरीकरणको विश्लेषण गरी दुल्लू नगरपालिकाको भु–उपयोग योजना तयार गरिने तयार नेपालका टिम लिडर डा. सञ्जय उप्रेतीले वताउनु भयो । वाढी,पहिरो, आगलागि, तथा भुकम्पिय प्रकोपको विश्लेषण, आर्थिक तथा मानविय क्षेत्रमा पार्ने प्रभावको आधारमा भु–उपयोग योजना तयार गरिने उहाँले वताउनु भयो । तयार नेपालले नगरपालिकाको जोखिम संवेदनशील प्रोफाइल ,२० वर्षे भु–उपयोग योजना , भु–उपयोग निती, भु–उपयोग योजना तथा भवन मापदण्ड, भु–उपयोग लागु गर्नको लागि विद्ययमान कानुन तथा निती अनतरगत रहेर संस्थागत संरचनाको खाका निर्माण गरिने तयार नेपालका टिम लिडर डा. सञ्जय उप्रेतील जानकारी दिनु भयो ।
कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले नगरपालिकामा नयाँ वस्ती र नमुना वस्ती निर्माणको लागि भु–उपयोग निती आवश्यक भएको ले निती तयार गर्न लागेको बताउनु भयो । प्रमुख भण्डारीले दातृ निकायले आयोजना निर्माण गर्दा नगरपालिकाको आन्तरिक आय बृद्धि हुने खालका योजना छनौट गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा दुल्लू नगरपालिकाका नगर उपप्रमुख विश्णु थापा , प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल , नेकपा एमाले का प्रतिनिधी रुद्र शाही , नेपाली काँग्रेसका नगर सभापती टंक रिमाल , नेमकिपाका नगर अध्यक्ष मदन भण्डारी , राप्रपाका नगर अयक्ष लोकेन्द्र गिरी लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा ुल्लू नगरपालिकाका जनप्रतिनिधी लगाए सरोकारवालाहरुको सहभागिता रहेको थियो ।