☰ open Loading... 3 May 2024|  

अज्ञात समुहद्धारा मेयरका दुई डोजरमा आगजनि
  | १६ चैत्र २०७७, सोमबार ०८:२६

डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाका प्रमुख गणेश बहादुर शाहीका दुईवटै डोजरमाथि आगजनी भएको छ ।नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ हुँदै पुर्वी रुकुम जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बिचको जंगलमा भे १ क ४६३६ र भे १ क १२९४ नंम्बरका दुईवटै डोजरमाथि अज्ञात समुहद्धारा आगजनि गरिएको प्रहरी निरीक्षक हरीराम डाँगीले जानकारी दिए ।

घटनाको बिषयमा स्थानीयसँग बुझ्दा शनिवार साँझ साडे सात बजेसम्म सकुसल भएको र विहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ । घटना कसले कसरी घटायो अझै पत्ता नलागको बताउँदै आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले नुसन्धान सुरु गरिएको डाँगीले बताए ।