☰ open Loading... 17 May 2024|  

माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु
  | १८ चैत्र २०७७, बुधबार १८:५६

कैलाली,। माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–७ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर सोही वडाको ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया सारदा ऐरी र २० वर्षीया कमला विक रहेका छन्।घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।