☰ open Loading... 26 November 2024|  

माओवादी केन्द्रद्वारा सांसद रेग्मीलाई पदमुक्त गर्न पत्राचार
  | २२ चैत्र २०७७, आईतवार ०६:५९

‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन्,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझाएका छौं।’ उनले एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिरहेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको बताइन्। रेग्मी माओवादी केन्द्रको तर्फबाट कार्य व्यवस्था परामर्श समितिमा पनि थिए। अब कार्य व्यवस्था परामर्श समितिमा रेग्मीको ठाउँमा माओवादी केन्द्रले रातो कामीलाई पठाउने निर्णय गरेको छ।

प्रदेश प्रमुखमाथि आक्रोश

माओवादी केन्द्रको संसदीय दलको बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको मर्म र भावनाविपरित कार्य गरिरहेको आरोप लगाएको छ। प्रमुख सचेतक नेपालीले नेकपा एमालेका १० जना सांसदहरुले गरेको हस्ताक्षरलाई आधार मानेर प्रदेश प्रमुखले पटक–पटक सरकारलाई दबाब दिइरहेको आरोप लगाइन्।

‘दश जना सांसदको हस्ताक्षर परीक्षण नगरेरै सरकारमाथि दबाब बढाउन पटक–पटक पत्राचार गर्नु प्रदेश प्रमुखको कार्यक्षेत्रभित्र पर्दैन,’ शनिबार बसेको दलको बैठकका निर्णय सुनाउँदै नेपालीले भनिन्, ‘हामी यो कार्यको भत्सर्ना गर्दछौं।’ उनले आवश्यक परेमा सरकारले विश्वासको मत लिने बताइन्। ‘अहिले सरकार पूर्ण बहुमतमा छ,’ उनले भनिन्, ‘प्रदेश प्रमुखले सिकाउनु आवश्यक छैन, समय आएपछि सरकारले संसदबाट विश्वासको मत लिन्छ। कर्णाली प्रदेशसभाको बैठक बैशाख आठ गतेअघि बस्ने तयारी छ।

उनले एमालेको माधवकुमार नेपाल समूहको समर्थन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै रहेकाले सरकार अल्पमतमा नरहेको बताइन्। ‘एमालेको नेपाल समूहका तीन जना मन्त्रीहरु कायमै हुनुहुन्छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा सरकार कहाँबाट अल्पमतमा हुन्छ।’

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका २० जना सांसद छन्। ति मध्ये १० जना सांसदले चैत ४ गते प्रदेश प्रमुख समक्ष सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएका थिए। माओवादी केन्द्रले आइतबार बस्ने एमालेको संसदीय दलको बैठकको निर्णय कुरिरहेको छ। माओवादी केन्द्रले नेपाल समूहका सांसदहरु दलको बैठकमा उपस्थित नहुनेमा विश्वस्त छ।नागरिक दैनिक बाट