☰ open Loading... 6 May 2024|  

कर्णालीमा शून्य बन्यो माधव समूह
  | २७ बैशाख २०७८, सोमबार १९:१६

सुर्खेत, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका सबै सांसदहरुले विश्वासको मत दिनुभएको छ । कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले ओलीको पक्षमा मतदान गरेपछि कर्णालीमा नेपाल पक्षको सांसद संख्या शुन्य देखिएको हो ।दैलेखका सांसद राजबहादुर बुढा, सुर्खेतका ध्रुवकुमार शाही र समानुपातिक सांसद पार्वती कुमारी विशुन्खेले ओलीको पक्षमा मतदान गरेपछि कर्णालीमा नेपाल पक्षमा एक जना पनि सांसद नरहेका हुन् ।

सांसद शाहीले भन्नुभयो, ‘हामी पार्टी एकताको पक्षमा हिजै लागेका हौं । आपसी एकता, सहकार्यता आवश्यक छ, त्यसका लागि सबै मिलेर जानुपर्छ र एमालेलाई बचाउनुपर्छ भनेर हामी लागेका थियौं । नेकपा एमालेलाई मतदान गर्ने आम नागरिकको चाहना बमोजिम हामी एमालेको सरकार जोगिनु पर्छ भनेर मतदानमा सहभागि भएका हौं । गुट उपगुट तपसीलका कुरा हुन । हामीलाई एमालेले सांसद बनाएको हो । हामी एमाले हौं ।’