☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

कांग्रेस युवा नेताहरूको प्रयासमा नि:शुल्क खाना वितरण
  |

निषेधाज्ञाका बेला मजदुरी गर्न नपाएर भोकै रहेकाहरूलाई खाना खुवाउन काठमाडौंको नयाँ बसपार्क र माछापोखरी क्षेत्रमा नि:शुल्क खाना वितरण गरिएको छ।

हरेक दिन बिहान र साँझमा खाना वितरण गरिएको छ। खानाको व्यवस्थापन नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीलगायतले गरेका छन्। उक्त टिममा ऋषि कोइराला, सुमन गिरी र सुवास कट्टेललगायत छन्।

शाहीले आफूहरूको पहल तथा व्यवस्थापनमा विगत एक सातादेखि खाना नि:शुल्क रूपमा खुवाउँदै आएको बताए। निषेधाज्ञाले भोकै रहेकाहरूलाई लक्षित गरेर खाना खुवाइएको उनको भनाइ छ।

आजसम्म २ हजार पाँच सयभन्दा बढीलाई खाना खुवाइसकिएको उनले बताए।

कोरोना महामारीका बेला भोकै रहेकाहरूलाई सहयोग गरिएको र यो निषेधाज्ञाभर नै नि:शुल्क खाना खुवाइने उनले बताए।



प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८     8:04:24 PM