☰ open Loading... 18 November 2024|  

सहुलियत चामल लिनेको लाइन
  | २७ जेष्ठ २०७८, बिहीबार ०५:२३

मान्म : कालिकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयबाट सहुलियतको चामल लिन स्थानीय लाइन लाग्नु परेको छ । सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुटले दिने भएपछि चामल कार्यालय अगाडि चामल लिनेको घुइँचो लागेको हो ।

एक महिनादेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई विहान बेलुकाको छाक टार्न धौ धौ भएको छ । सहुलियतमा चामल पाएपछि कार्यालयमा भीड लाग्ने गरेका छन । कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल नुन बिक्री गर्न थालेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्म सहितका गाउँबाट मंगलबार सम्म ३ सय १३ क्विन्टल ३७ केजी चामल विक्री भएको शाखा प्रमुख रामशरण लामिछानेले बताए ।

No description available.

कोरोना प्रभावित नागरिकलाई खाद्यमा छुट लिइएको छ । लामिछाने भने ‘काम गर्न नपाएर ज्याला मजदुरी गुमाएका नागरिकलाई अहिले सहुलियतमा चामल लिइएको हो । स्थानीय प्रशासनको सल्लाहमा सोमवार बिहान ६ बजेदेखि ९ बजे सम्म मात्र चामल बिक्री गर्न थालिएको छ । खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धीत वडाको सिफारिस र नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ।

सरकारले छुटको घोषणा गरेपछि चामल लिनेको संख्या बढेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । कम्पनीले २० प्रतिशत छुट गर्नुअघि २५ किलोको अरुवा मोटा चामल प्रतिबोरा १ हजार १ सय ८७ रुपैयाँमा बिक्री गरिरहेको थियो । अहिले ९ सय ५० रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै १ हजार ५ सय पर्ने अरुवा मध्येको चामल १ हजार २ सय, १ हजार ६ सय ५० पर्ने जिरा मसिनो चामल छुटपछि १ हजार ३ सय २० र यसअघि १ हजार ४ सय ४० मा बिक्री हुने मकावनपुर चामल १ हजार १ सय ५२ रुपैयाँमा बिक्री भइरहेको छ ।