☰ open Loading... 19 November 2024|  

आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरमाथि हातपात गर्ने तीन पक्राउ
  | २८ जेष्ठ २०७८, शुक्रबार ०५:५४

सुर्खेत । कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।डीएसपी घर्तीका अनुसार डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो । डाक्टरहरु सामान्य घाइते छन् ।

डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको डीएसपी घर्तीले बताए ।बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रम्मा अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनिहरु मदिरा सेवन गरेका छन् । हातपात गर्नुको कुनै खास कारणत देखिदैन, मदिराले मातियर यस्तो हर्कत गरेको हुनुपर्छ’, डीएसपी घर्तीले भने ।