दैलेख- नारायणनगरपालिका–८का लाल बहादुर शाहीको उपचारका लागि अमेरिकाबाट आर्थिक सहयोग गरिएको छ ।आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि समाजसेवि जयन्ती थापाको सहयोगमा २१ हजार आर्थिक सहयोग गरीएको हो ।रोजगारीको शिलशिलमाअमेरिकाको भर्जिनियामा बस्दै आएकी थापाले काम गर्ने क्रममा घाईते भएका नारायण नगरपालिका ८का शाहीको उपचार खर्चको लागी आर्थिक सहयोग गरेकी हुन ।
लोकप्रिय गायक लोकेन्द्र जिसी कुमार मार्फत घाईते भएका विरामी शाहीको उपचार खर्चको लागि पिडितका आफन्त लक्ष्मण न्याैपानेलाई सहयोग रकम हस्तान्तण गरिएको हो। कलाकार लोकेन्द्र जिसि कुमारले मानवीय सहयोगका लागि अग्रसरता देखाएकोमा जयन्ती कुमारी थापाको सहयोग प्रति कृतज्ञता प्रकट गर्दै सबैको सहयोग र सहकार्यबाट मात्रै कसैको जिवन परिर्वतन गर्न सकिने विश्वास व्यक्त गरे ।
आफुले गरेको सानो सहयोगले काम गर्ने क्रममा घाईते भएका शाहीको उपचारमा केही सहज हुने उदेश्यले सहयोग गरिएको हो । मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि आफनो तर्फबाट सहयोग गरेको ,आगामी दिनमा पनि गरीब, दुःखीका लागि यस्तो सहयोग गर्ने समानसेवि थापाले बताईन्।