☰ open Loading... 18 May 2024|  

अब दाङमा बेनेलीको ‘१८० एस’ मोटरसाईकल
  | २४ असार २०७८, बिहीबार १८:४५

 

दाङमा ईटालियन कम्पनिको बेनेली ‘१८० एस’ मोटरसाईकल लञ्ज हुँदै छ । यसअघि सम्म यो मोटसाईकल दाङमा उपलब्ध थिएन । घोराही स्थित बेनेली शोरुमका अनुसार यसै आगामी हप्ता यो मोटरसाईकल दाङ आईपुग्ने छ ।

शोरुमका सञ्चालक सन्जिव पछाईका अनुसार आगामी हप्ता आउने यो मोटरसाईकल खरिदका लागि अग्रिम बुकिङ समेत खुल्ला गरिएको छ । यसको मुल्य ४ लाख ३० हजार रुपैयाँ रहेको छ ।

साथै यो मोटरसाईकल खरिदमा फाईनान्स र एक्सचेन्जको समेत ब्यवस्था रहेको समेत पछाईले जानकारी दिए । यो मोटरसाईकलमा १८० सिसि ३ वटा स्पार्ग प्लग रहेका छन् ।

साथै यसले ४५÷५० को माईलेज दिने समेत पछाईले जानकारी दिए । उनका अनुसार बजाजको एनएस २०० र यामाहाको एमटि १५ संग बजार प्रतिष्पर्धा रहने छ ।
यसैगरि घोराही स्थित यो बेनेलीको ३०२ एस र बेनेलीकै सबै भन्दा सस्तो मोटरसाईकल समेत उपलब्ध छन् । साथै प्रत्यक मोटरसाईकलमा १५ हजार रुपैयाँ नगद छुट समेत दिईएको छ ।