☰ open Loading... 3 May 2024|  

टीकापुरका ३ बर्षीय विवेकको हत्या आफ्नै दिदीबाट
  | २४ असार २०७८, बिहीबार १९:२५

कैलालीको टीकापुर नगरपालिका वडा नं–१ का साढे तीन वर्षीय नावालक विवेक बिष्टको  जामुन
खानसँगै गएकी भनिएकी उनकै १५ वर्षीया दिदी  बाटै हत्या भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

असार २१ गते सोमबार विहान ११ वजेदेखि वेपत्ता विवेकको शव हिजो वेलुकीमात्र प्रहरीले घटनास्थलबाट करिव ५ किलोमिटर दक्षिण टीकापुर नगरपालिका वडा नं–४ स्थित घोयली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने जमरा नालामा बेतबाँसको झाडीमा अड्किएको अवस्थामा फेला पारेको थियो ।

 

विवेकले खुट्टामा लगाएका चाँदीका बाला कैलालीको लम्की चुहा नगरपालिका वडा नं–६ घर भइ हाल टीकापुर नगरपालिका वडा नं–१  मा डेरा गरी बस्दै आएकी १४ वर्षीया साथीका घरबाट प्रहरीद्वारा बरामद गरिएको छ ।
प्रहरीले चाँदीका वाला बरामद गरिएकी १४ वर्षीया बालिकालाई समेत नियन्त्रणमा लिएको छ । उनले घटनालाई ढाकछोप गर्दैै घटनालाई अन्यत्र मोड्न ती वालिकाको घरमा बाला लुकाएको हुन सक्ने आशङ्का गरिएको छ ।

ती वालिकाले विवेकका खुट्टामा लगाइएका चाँदीका बाला झिकेर स्थानीय जमरा नालामा धकेलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।घटना थप रहस्यमय बन्न सक्ने सम्भावना बढ्यो, एपसी अधिकारी भन्छन्–‘पारिवारिक पृष्ठभूमि, विगतको सम्बन्ध, द्वैष, वदलाभाव आदिले समेत विवेकको सुनियोजित ढङ्गले हत्या गरिएको हुन सक्ने आधार वलियो बन्दै गएकाले थप अनुसन्धान भईरहेको बताए ।