☰ open Loading... 5 February 2025|  

दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ
  | ३० असार २०७८, बुधबार ०५:३६

 

धनगढी । कैलालीमा दुुर्लभ पाटे बाघको छालासहित प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ ।सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह आरआइटी को टोलीले मंगलबार साँझ जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुुई जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका अन्दाजी ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।करिब १० मिटर लम्बाइको पाटेबाघको छाला बिक्री गर्दै हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको आरआइटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।