☰ open Loading... 26 April 2024|  

सल्यानमा आफ्नै भाइले गरे दाजुकाे हत्या
  | ७ श्रावण २०७८, बिहीबार ०५:५१

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारमा सामान्य विवाद चल्दा आफ्नै भाइले दाइको हत्या गरेका छन्। । १२ वर्षीय भाईले छाताको डन्डीले हिर्काउँदा १३ वर्षीय दाइ सन्दिप परियारको मृत्यु भएको हो ।

 

 

छाताको डन्डीले हिर्काउँदा बाँया कानको माथि चोट लागेर गम्भिर घाइते भएका परियारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

मृतकका १२ वर्षीय भाइलाई नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले बताए । सन्दिपका भाइ नाबालक भएकाले नाम नखुलाइएको प्रहरीले जनायो । सन्दिप भैरवी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए ।