☰ open Loading... 2 May 2024|  

मन्त्री,सचिवदेखि सिडियोसम्मलाई बाढ्नु पर्दछ भन्दै यसरी रकम असुल्छन् यी हाकिम
  | १० श्रावण २०७८, आईतवार १८:०८

कार्यालयले उठाएको घुसको रकम माथिसिम्म दिनुपर्छ भन्दै एक हाकिमले घुस असुल्ने गरेको स्थानीयहरुले गुनासो पोखेका छन् । कार्यकक्षमा नभई आफ्नो क्वार्टरमा बोलाएर सिधै घुस रकम माग्ने र नदिए कामै नगरिदिने गुनासो स्थानीयबासीहरुले पोखेका छन् ।

यस्तो धन्दामा संग्लग्न रहेका हाकिम हुन् रुकुम पूर्वस्थित डिभिजन वन कार्यालयका प्रमुख जीवन पंगेनी ।
यो कार्यालयले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको लागि अनुमति पुर्जी दिदैं आएको छ ।त्यहाँका स्थानीयहरुले यर्सागुम्बा संकलन गर्नका लागि अनुमति माग्दा राजश्व बराबरकै अरु थप रकम छुट्टै मागेर स्थानीयहरुलाई आजित बनाएको उनीहरुको गुनासो छ ।

सोही अनुमति पत्र दिने नाममा सेवाग्राहीलाई आफ्नै क्वार्टरमा बोलाएर ठाडै घुस माग्ने गरेको उजुरी प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बास्कोटासम्म पुगिसकेको छ ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनको लागि नियामानुसार राजश्व तिरेर वन कार्यालयको पुर्जी लिन गएका सेवाग्राहीलाई आफ्नो कार्यकक्षमा नभई निवासमा बोलाएर घुस रकम असुलीको धन्दा चलाएको स्थानीयहरुले गुनासो पोखेका छन् ।
राजश्व बराबरको थप रकम सेवाग्राहीसँग मागेको र मन्त्री,सचिव, सिडियोदेखि फाँटका अन्य कर्मचारीहरुलाई समेत सो रकम बाँडफाँड गर्नुपर्ने भन्दै मोटो रकम माग्ने गरिएको स्थानीयहरुले सुनाएका छन् । वन कार्यालयले यार्सागुम्बा संकलनको लागि प्रतिकेजि ३० हजार राजश्व लिने गरेको छ । ३० हजारकै दरले थप घुस रकम मागेर स्थानीयलाई उनले आजित बनाएका हुन् ।

 

unn.prixa.net

 

 

 

 

 

 

 

 

 

 

 

 

उनले स्थानीयहरुलाई क्वार्टरमा बोलाएर लेखेको नियम एउटा छ, भित्रको नियम एउटा छ, यस्तै चल्छ, तपाईले दिएको रकम मलाई, अरु कर्मचारी र माथिकालाई पनि दिनुपर्छ’ भनेर खुलेआम घुस लिने गरेको स्थानीयहरुले जनाएका छन् ।

यो बिषयमा प्रतिक्रियाका लागि डिभिजन वन कार्यालयका प्रमुख पंगेनीसँग जिज्ञासा राख्दा आफूले त्यसरी रकम नलिएको र आफूले नियम विपरित काम नगरेको प्रतिक्रिया दिए । यस बिषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बास्कोटाले तुरुन्तै बुझेर थप कुरा गर्ने प्रतिक्रिया दिने बताए ।