☰ open Loading... 18 May 2024|  

अवैध काठसहित दुई जना पक्राउ
  | १७ श्रावण २०७८, आईतवार ०५:०९

सुर्खेत प्रहरीले अबैध काठसहित दुई जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–२, भुरेली सडकखण्डबाट प्रहरीले भे १ त–५११५ नम्वरको टे्क्टरमा अबैधरुपले ल्याउँदै गरेको ५१ क्युफिट सिसौंको काठसहित चालक र सह–चालकलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेमा टे्क्टरका चालक भेरीगंगा नगरपालिका–२, का २६ वर्षीय तिर्थबहादुर सिंजालीमगर र सह–चालक दैलेखको भगवतीमाई गाउँपालिका–१, का गणेश अधिकारी रहेका छन। अबैध काठ ओसार पसार भईरहेको विशेष सूचनापछि गएको प्रहरीको गस्ती टोलीले अबैध काठ, ट्क्टरसहित चालक र सह–चालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय सुर्खेत पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो। यता डिजिजन वन अधिकृत गोविन्दप्रसाद दाहालले अबैध काठसहित पक्राउ परेका उपर आवश्यक अनुसन्धान शुरु भईसकेकाले वन ऐन २०७६ अनुसार कार्वाही हुने बताउनुभयो।