| १७ श्रावण २०७८, आईतवार ०५:११
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्।पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधि’ को रुपमा चित्रण गर्दै उनीहरूलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका हुन्।‘अब माधव नेपाल जस्ता आन्दोलनविरोधी देशद्रोहीहरूलाई कुनै ठाउँ छैन यहाँ, कुनै ठाउँ हुनेछैन’, उनले भने।
‘बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने,’ अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यस्ता प्रतिक्रियावादीहरूका मतियारका लागि पार्टीमा ठाउँ छैन।’